काठमाडौँ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
त्यस्तै बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।त्यस्तै बैठकले न्याय परिषदको कामु सचिव रामप्रसाद भट्टराईलाई सचिवमा सिफारिस गरेको छ ।

