शुक्रबार, बैशाख ०७, २०८१

जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ६४ हजार नाघ्यो, मृत्यु १० हजार नजिक

टोकियो । जापानको कोरोना संक्रमण बढेको ४ क्षेत्रमा आपतकाल घोषणा लागू गरे पनि २४ तारिख शनिवार संक्रमण र मृतकको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
आपतकाल घोषणा भएपनि अझै केहीदिन संक्रमणको गति उकालो लाग्ने पछिल्ला दिनका बाहिरि गतिविधि बृद्धिले देखाइसकेको छ ।

शनिवारको विवरण हेर्ने हो भने दोस्रो आपतकाल हटेयताकै उच्च ५६ सय ६ जनामा संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५४ जना कोभिड १९ संक्रमितको निधन भएको छ ।

कुल संक्रमितको संख्या ५ लाख ६४ हजार नाघेको छ भने मृतकको संख्या ९,९३९ पुगेको छ । गम्भिर बिरामीको संख्या ८ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म जापानमा कुल कोरोना भाइरसका संक्रमित मध्ये ४ लाख ९० हजार व्यक्ति भने निको भएर डिस्चार्ज भएका छन् ।