जापानमा तेस्रो पटक आपतकाल घोषणा, अप्रिल २५ देखी में ११ तारिखसम्म लागू हुने

टोकियो । कोभिड -१९ संक्रमण नियन्त्रण गर्न भन्दै जापानमा तेस्रो पटक आपतकालीन अवस्था घोषणा गरेको छ । जापानको राजधानी टोकियो सहित प्रमुख चार प्रान्तमा प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार आपतकाल घोषणा गरेको हो ।

आपतकालिन अवस्था अप्रिल २५ तारिख देखी लागू हुनेगरि में ११ तारिखसम्म रहनेछ । आपतकाल राजधानी टोकियो सहित ओसाका, ह्योगो र क्योतो प्रिफेक्चरमा लागू हुने प्रधानमन्त्री सुगाले बताएका छन् ।

कोरोना भाइरसको प्रतिरोधको रुपमा परामर्श लिदै प्रधानमन्त्री सुगाले यस्तो घोषणा गरेका हुन् । जापानमा गत बर्ष अप्रिल र यस बर्ष जनवरी पछि तेस्रो पटक आपतकाल जारी गरिएको हो ।

मियागी र ओकिनावा प्रान्तहरू जहाँ अर्ध आपतकालिन उपाय लागू भएका छन् उपसमितिसँग २३ तारिखमा अर्को महिनाको ११ तारिखसम्म म्याद थप गर्न परामर्श गर्नेछ ।

गोल्डन वीकमा संक्रमणको प्रसारलाई दबाउन आपतकाल घोषणा गरिएका क्षेत्रमा रेष्टुरेण्टहरुमा मादक पदाथ विक्रिमा रोक तथा काराओके जस्ता सुविधा रोक्न अनुरोध जारी गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: