जापानमा हालसम्म कोरोना संक्रमित ५ लाख ४८ हजार नाघ्यो, पुन: आपतकाल घोषणाको गर्ने

टोकियो । जापानमा हालसम्म कोरोना भाईरसको कुल संक्रमित ५४८,२५६ पुगेको  छ ।

कोरोनाको संक्रमण पुन: बढेपछी जापानले अर्को आपतकाल घोषणा गर्ने भएको छ ।

कोभिड-१९ का बिरामी थेग्न हम्मेहम्मे परेपछि केन्द्र सरकारलाई ओसाका र टोकियोले गुहार गरिसकेका छन् । अर्धआपतकालिन कडा उपाय अपनाउँदा समेत केही नतिजा ननिक्लेपछि ह्योगो सहित दुई दर्जन प्रिफेक्चर टोकियो र ओसाकाकै बाटो समात्ने सुरसारमा छन् ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार हरेकदिन बढिरहेको कोरोना संक्रमितको संख्या अप्रिल २१ तारिख ५ हजार पार गरेको छ ।

बुधवार मध्यरातसम्मको विवरण अनुसार २४ घण्टाको अन्तरालमा ५२ सय ९१ नयाँ संक्रमित थपिएका छन् ।

यहि बिचमा ४९ जना कोरोना संक्रमणका बिरामीले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार ओसाकामा एकैदिन २० जना कोरोनाका बिरामीको निधन भएको छ । जहाँ अस्पतालहरु ९९ प्रतिशत भरिसकेको छ । यसैगरि होक्काइदो ७, ह्योगो र टोकियो ४ जना रहेका छन् ।
संक्रमणमा पनि ओसाका अगाडी रहँदै १,२४२ दर्ता भएको छ । त्यस बाहेक टोकियो ८४३, ह्योगो ५६३, आइची ३१२, खानागावा २५२, फुकुओका २४४, साइतामा २२७ रहेको छ ।

जापानमा हालसम्म कोरोना भाईरसको कुल संक्रमित ५४८,२५६ पुगेको छ भने हालसम्म ९,७८६ जनाको निधन भएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: