कोरोना महामारीको कारण जापानी प्रधानमन्त्री सुगाको भारत भ्रमण रद्द हुने

टोकियो  । कोरोना भाइरस महामारीको कारण जापानी प्रधानमन्त्री योशिहिदे सुगाको भारत लगाएत  क्षेत्रको भ्रमण रद्द गर्ने भएका छन् ।

जापानका प्रधानमन्त्री सुगाले अमेरिका पछि ईण्डिया र फिलिपिन्स भ्रमणको तयारी गरिरहेका थिए । भ्रमण अप्रिल अन्तिम साता देखी मे सुरुवातसम्म जापानको लामो सार्वजनिक बिदाको समयमा हुने तय गरिएको छ ।

अमेरिका भ्रमणमा प्रधानमन्त्री सुगाले त्यहाँका राष्ट्रपती जो वाइडेनसँग शिखर वार्ता सहित महत्वपूर्ण सम्झौता र समझदारी गरेका थिए ।

रणनीतिक महत्वको आगामी दुई देशको भ्रमण ईण्डियामा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै रद्द गर्ने फैसला गरेको विश्वास गरिएको छ ।

देशभित्रै समेत राजधानी टोकियो सहित ओसाका, ह्योगो र अन्य दुई दर्जन प्रान्तमा कोभिड १९ संक्रमणका घटना बढेको छ । जापान सरकार भइरस नियन्त्रणको अन्तिम प्रयास स्वरुप तेस्रो पटक आपतकाल घोषणा गर्ने तयारीमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: