जापान । ओसाका प्रान्तले औपचारिक रूपमा केन्द्र सरकारलाई आपतकाल घोषणा गर्न माग गरेको छ ।
प्रान्तको लागि आपतकालिन अवस्थाको घोषणा गर्ने निर्णय गर्दै ओसाका सरकारले कोभिड-१९ संक्रमणको दवावसँग जुध्न संशोधित विशेष उपाय कानूनको आधारमा आपतकाल माग गरेको हो ।
प्रान्त सरकारले केन्द्र सरकारलाई ठूला व्यावसायिक सुविधा केन्द्रहरू जस्तै डिपार्टमेन्ट स्टोर, चलचित्र थिएटर र भूमिगत व्यापारिक मलहरु बन्द गर्ने अनुरोध गर्न पनि अनुरोध गर्ने निर्णय गरेको छ । यसमा रेष्टुरेण्टहरु पनि समावेश गरिएको छ । जसमा रेष्टुरेण्ट, बार, काराओके जस्ता क्षेत्र समावेश छ ।
ओसाका सरकारका गर्भनर हीरोफुमी योशिमुराले बैठकमा भने कोरोना भाइरस संक्रमणको फैलावट र गम्भीर बिरामी हुने उच्च प्रतिशतलाई ध्यानमा राख्दै हामी आपतकालिन अवस्थाको घोषणाको लागि केन्द्र सरकारलाई अनुरोध गरेको छ ।