म्यानमारमा जापानी पत्रकार पक्राउ, तत्काल रिहा गर्न जापानको आग्रह

टोकियो । म्यानमारमा रहेर स्वतन्त्र पत्रकारिता गर्दै आएका जापानी नागरिकलाई म्यानमारको सेनाले जेल हालेको छ ।

म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनमा आइतबार सुरक्षा बलले घरमानै नजरबन्दमा राखिएका जापानी पत्रकारलाई जेलमा सरुवा गरेको हो ।
म्यानरमारस्थित जापानी दूतावासले युक्की किताजुमी नाम गरेका पत्रकारलाई आइतबार राति घरमा पक्राउ गरिएको र प्रहरीको गाडीमा लगेर लगिएको बताएको छ ।

दूतावासका अनुसार अहिले किताजुमीलाई यांगुनको इन्सेइन जेलमा सारिएको छ जहाँ धेरै राजनीतिक बन्दीहरुलाई जेलमा राखिएको छ । पक्राउबारे पुष्टि गरेपछि दूतावासले उनलाई हिरासतमा लिनुको कारण अझै थाहा हुन नसकेको बताएको छ ।

तत्काल रिहा गर्न जापानी प्रधानमन्त्रीको आग्रह
जापानी प्रधानमन्त्री योशीहिदे सुगाले सोमबार दूतावासले किताजुमीको नजरबन्द सम्बन्धी जानकारी पुगि गरेको बताएका छन् ।
दूतावासले उनको नजरबन्द अवस्थाबारे जानकारी लिने काम गरिरहेको पत्रकारहरुको जवाफमा सुगाले जानकारी दिएका छन् ।

‘जापान सरकारले म्यानमारलाई पक्राउ गरिएको जापानी पत्रकारलाई रिहा गर्न आग्रह गरेको छ’ मुख्य क्याबिनेट सचिव काचुनोबु कातोले भनेका छन् ।
‘हामी म्यानमारलाई यथाशक्य छिटो रिहा गर्न आग्रह गरिरहेका छौं । जापानी नागरिकहरुलाई जोगाउन हामी प्रत्येक सम्भावित उपायहरु जारी राख्नेछौं’ कातोले भनेका छन् ‘जापान सरकारले पत्रकारलाई किन पक्राउ गरिएको हो भनेर हेरिरहेको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: