बुधबार, बैशाख १२, २०८१

अनेसास विश्व महिला कविता वाचन कार्यक्रम सम्पन्न, जापानबाट द्वितीय भईन बिन्दा

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिद्वारा आयोजना गरेको कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

अप्रिल १८ तारिख आइतबार अनेसास केन्द्रीय महिला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी, समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू बाचन सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले गर्नु भएको र सुरुमा कार्यक्रम माथि महत्त्व दिँदै “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो ।
‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नैसमाजका मेरुदण्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूको अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक पनि हुन् । त्यसैले यस्ता प्रतियोगिताहरू समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिनु भयो ।

कार्यक्रममा संसारभरिबाट कवियात्रीहरुले सहभागिता रहेको थियो । प्रतियोगी सट्टाका वाचन र सृजनाहरूले सभा नै स्तब्ध भएको थियो । “महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैङ्गिक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथि जोडदार दिइएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच र ज्यादती, ब्यवहर, क़ानून, पुलिस, प्रशासन, सरकार, व्यवस्थापनको परिवर्तनकुराहरू विभिन्न छन्द र गद्य रचना सुनाइएका थिए ।
प्रतियोगी सट्टाहरू तीन वटा महादेशका र विभिन्न सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरूबाट र पेसाहरूका हुनुन्थ्यो ।

कार्यक्रममा विभिन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रस्टीका अधिकांश व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरू समेतको गरी ठुलो सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताका लागि साहित्यकार सीता पाण्डे, समालोचक लीला लुइँटेल र सुप्रसिद्ध कवि लालगोपाल सुवेदीलाई निर्णायकका रूपमा मनोनयन गरिएको थियो ।

पुरस्कृत तथा वाचनका लागि छनोट गरिएका रचना पुरस्कृत बाहेक चौध-पन्ध्र वटा कविता पनि पुरस्कृत कविताकै हाराहारीका अब्बल रहेको धारणा साहित्यकार सीता पाण्डेले बताउनुभयो ।
गद्य कवितामा विम्ब तथा प्रतीकको योजना कौशल र छन्द कवितामा पद लालित्य सहितको परिपाकबाट कविता कति बुलन्द बनेको छ भन्ने आधारमा अन्तिममा कुन कविता प्रथम, कुन द्वितीय र कुन तृतीय भनेर छुटाइन्छ भन्ने अनुभव बाँड्दै अन्तर्मनको सरस्वतीले अह्राए बमोजिम अत्यन्त कडा परिश्रमबाट पुरस्कारका लागि कविता चयन गरिएको धारणा कवि लालगोपाल सुवेदीले व्यक्त गर्नुभयो ।

प्रतियोगी कविहरूको प्रभावशाली वाचन शैलीका कारण प्रस्तुत कविताहरूमा निकै राम्रो पाइन चढेको थियो । बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेलले शुभकामना सन्देश दिँदै र कार्यक्रमको अति सरणी गर्नुभएको थियो । साथै कार्यक्रममा बोर्ड अफ ट्रस्टीका उपाध्यक्षहरू पुरु सुवेदी र पदम विश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वाचन पछि, छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयले सुनाइएको थियो र पुरस्कृत कल्पना तामाङ -अमेरिका, उत्तर अमेरिका (प्रथम,५०० डलर), बिन्दा पराजुली-जापान, एसिया (द्वितीय, ३०० डलर) र विष्णुमाया विभु- नर्वे, युरोप (तृतीय, २००) लाई निर्णय सुनाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

समापन अनेसासका महासचिव सर्वज्ञ वाग्ले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू, पुरस्कारको रकम सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नुभएको थियो ।