शुक्रबार, बैशाख ०७, २०८१

जापानका ४७ वटै प्रिफेक्चरमा कोरोना संक्रमण बढ्दो

टोकियो, जापान । जापानभर कोरोना संक्रमण फैलने क्रममा सबै ४७ वटै प्रिफेक्चरमा संक्रमित भेटिनेक्रम बढेको छ । अप्रिल १५ तारिख सबै प्रिफेक्चरमा गरेर ४५ सय ७६ जना नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ३५ जना कोरोनाका बिरामीको निधन भएको छ । सर्वाधिक निधनको संख्या टोकियो ९, होक्काईदो ५ र ओसाका ४ रहेको छ ।

संक्रमण तर्फ ओसाकामा १,२०८, टोकियो ७२९, ह्योगो ४९३, खानागावा २४२, आईची २१८ रहेको छ । पछिल्लो २४ घण्टामा गम्भिर अवस्थामा पुगेका बिरामी मध्ये करिव ३ दर्जनको निधन भएपनि थप २३ जना गम्भिर बिरामी बढेर ६३१ पुगेको छ ।

जापानमा हालसम्म कोभिड १९ संक्रमितको संख्या ५ लाख २२ हजार नाघ्दा मृतकको संख्या ९५ सय ४६ पुगेको तथ्यांकमा उल्लेख छ । कुल संक्रमित संख्यामा ४ लाख ७४ हजार जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणलाई बढाएको सरकारले अप्रिल १३ तारिख जापानभरमा ५१,१४२ जनाको पीसीआर चेकजाँच गरेको छ ।