जापानमा कोरोना रोकथामको लागि विशेष नियम लागू, रेष्टुरेण्टहरुलाई क्षतिपूर्ति स्वरुप नगद दिने

टोकियो । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेको जापानले रोग प्रसार रोकथामको लागि प्राथमिकताका उपायहरु लागू गरेको छ ।

नयाँ उपायहरु टोकियो सहित ३ प्रान्तमा अप्रिल १२ तारिख आजबाट लागू गरेको हो । तोकिएका प्रान्तहरुले आफ्ना विशेष क्षेत्रमा कोरोना भाइरस रोग प्रसार रोकथामको लागि विशेष नियम लागू गराएका छन् ।

खासगरी रेष्टुरेण्ट, मदिरा विक्रि हुने बार तथा काराओकेहरु लक्षित यो नियम दण्ड सजाय सहितको हुने जनाएको छ । तर जरिवाना सहितको भएपनि यो नियमले अनुरोध पालना गर्ने व्यवसायलाई राम्रै आर्थिक सहायत उपलब्ध गराउने भएको छ ।

रेष्टुरेण्ट तथा साना तथा मध्यम आकारका व्यवसायहरुले पसलको आकार हेरेर न्यूनतम तोकिएको कुल अवधिमा एक महिना १११ मान देखी ६०० मान येन सम्म पाउने भएका छन् ।

राजधानी टोकियो महानगरको २३ वटा वार्ड सहित हाचिज्योउजी सी, ताचिकावा सी, मुसाशिनो सी, फुचु सी, चोफूसी, माचिदा सी मा अप्रिल १२ तारिखबाट यो नियम लागू हुनेछ । खाने पिउने क्षेत्रको सेवा समय अवधि रात ८ बजेसम्म मात्र संचालन गर्न पाउने गरि नियम राख्दै सरकारले क्षतिपूर्ति स्वरुप यो नगद अनुदान दिने भएको हो ।

रोक प्रसार रोकथामको लागि प्राथमिकताका उपायको समयावधि अप्रिल १२ देखी मे ११ तारिखसम्म तोकिएको छ ।

व्यवसायहरुले पाउने भुक्तानी अनुदान रकम
१, अघिल्लो बर्ष वा त्यो भन्दा अघिल्लो बर्षमा कुनैपनि दिन १० मान सम्म व्यापार हुने पसलहरुलाई एक दिनको ४०,००० येनका दरले प्राप्त हुने ।
२, अघिल्लो वर्ष वा त्यो भन्दा अघिल्लो बर्षमा कुनैपनि दिन १० मान देखि २५ मानसम्म व्यापार हुने पसललाई कुनैपनि दिनको विक्रिको ०.४ प्रतिशतका दरले प्राप्त हुने । जस्तो कि २४ मानको ९ मान ६ हजार र २५ मानको १० मान ।
३, अघिल्लो बर्ष वा त्यो भन्दा अघिल्लो बर्षमा कुनैपनि दिन २५ मान भन्दा बढी हुने पसलहरुलाई एकदिनको १००,००० येनका दरले प्राप्त हुने ।
४, ठूला कम्पनीको हकमा बर्षभरिको कुनै १ दिनको अधिकतम व्यापारमा अहिले बन्द गर्न भनेको समय मध्ये कुनै एकदिनको सबैभन्दा धेरै घटेको व्यापार घटाएर बाँकी रकममा ०।४ गुणा गरेर अनुदान पाईने । यसमा अधिकतम दैनिक २००,००० येनसम्म प्राप्त हुनेछ ।

सामान्यतया बर्षभरिको कुनै एकदिन १०० मान व्यापार छ भने त्यसैलाई देखाउन पाईनेछ । यसमा यस महिना घटेको कुनै एकदिनको घटेको व्यापार लिने र माथिको १०० मानमा अहिले भएको व्यापारमा घटाउने । जस्तो कि अघिल्लो पटक १०० मान भएकोमा अहिले ५० मान मात्र देखियो भने ५० मान आयो । अब ५० मानको ० ४ ले गुणा गर्दा २० मान दैनिक अनुदान राहत पाईनेछ । यसमा भुल्न नहुने कुरा के भने २० भन्दा बढी रकम आएमा २० मात्र पाईन्छ बढी पाईंदैन । तर कम आएमा भने कम नै हुन्छ ।

यसको लागि रेष्टुरेण्ट तथा मदिरालयहरुले संचालन समय घटाएको सूचना र टोकियो महानगरको निर्देशिकाको पालन र संक्रमण रोकथाम स्टिकर प्रयोग अनिवार्य गरेको हुनुपर्नेछ ।

महानगरले सादा पोशाकमा छड्के चेकजाँच कुनैपनि समय गर्नेछ । उक्त समयमा सूचना रेष्टुरेण्टको बाहिरी भागमा स्पष्ट देखिनेगरि टाँसिएको, संचालन समय पालना गरिएको, कर्मचारीहरुले अनिवार्य मास्क लगाएको, अल्कोहल, स्यानिटाईजर लगायत संक्रमण फैलावट रोक्ने वस्तु उपलब्धता र पालना गराएको लगायत नियम पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

महत्वपूर्ण कुरा के भने पसल खोल्न ८ बजेसम्म पाईने भएपनि मादक पदार्थ विक्रि ७ बजेपछि गर्न पाईने छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: