भारतमा एकैदिन १ लाख ५२ हजार बढी कोरोना संक्रमण पुष्टि, ८३९ जनाको मृत्यु

दिल्ली । भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।

भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: