जनजाति महासंघ जापान चिवा क्षेत्रीय समिति गठन, संयोजकमा अमृत लामा

जापान । आम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापान चिवा क्षेत्रीय समिति गठन भएको छ । आइतबार चिवास्थित फुनावासी किन्रो सेण्टरमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापान चिवा क्षेत्रीय समिति गठन भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानका अध्यक्ष संजीब राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अमृत लामाको नेतृत्वमा क्षेत्रीय समिति चयन गरेको छ । उक्त भेलाबाट सह-संयोजकमा एजिन राई, सचिबमा विजय गुरुङ र कोषाध्यक्षमा बिक्रम श्रेष्ठ चयन गरेको छ ।
क्षेत्रीय समितिको सदस्यहरुमा पासाङ शेर्पा, राजेश राई, राजु लामा, विक्रम लामा, गुरु प्रसाद राना मगर, कुस लामा चयन भएका छन । सल्लाहकारमा हर्ष चन्द्र गुरुङ चयन हुनु भएका छन ।
एनआरएनए चिवाका संयोजक विश्व सुबेदी, पत्रकार आनन्द कोईराला उपस्थित रहेको कार्यक्रम सजिना मोक्तानले संचालन गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: