कोभिड-१९ को कारण जापामा रोजगार गुमाउनेको संख्या १ लाख नाघ्यो

टोकियो । जापानमा कोभिड-१९ को कारण श्रम बजार प्रभावित हुने क्रम बढ्दै गएको छ ।

जापानी सरकारी सर्वेक्षणले कोरोना भाइरस महामारीको कारण एकलाख भन्दा बढीले रोजगार गुमाएको देखाएको छ । गत वर्ष जनवरीको अन्त्यदेखि अप्रिल पहिलो सातासम्मको सर्वेक्षणले १००,४२५ व्यक्ति रोजगार विहिन भएका छन् ।
यस तथ्यांकमा रोजगारी सम्झौता नवीकरण नभएको वा जागिर गुमाएकाहरू मध्ये क्षेत्रीय श्रम विभाग र सार्वजनिक रोजगार भर्ती कार्यालयमा थाहा हुन आएका व्यक्ति मात्रै समावेश गराइएकोले वास्तविक तथ्यांक यो भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।
नेपालीहरूको रोजगारको लागि आकर्षक गन्तव्य मुलुक जापानमा पछिल्लो समय करिब एकलाख नेपाली बसोबास गर्दै आएका छन् ।

जापान सरकारले बेरोजगारी कम गर्न र ब्यबसाय जोगाउनको लागि व्यवसायीहरुलाई सरकारी राहत बाडिरहेपनि यसले कहिलेसम्म निरन्तरता पाउने र ब्यवसायी कहिले पहिलाको लयमा फर्कने चिन्ता नेपाली ब्यवसायीको छ ।

यस्तै श्रम मन्त्रालयका अधिकारीहरूले काम खोज्नेहरूलाई सहयोग पुर्‍याउँदै कामदारहरूलाई कायम राख्न व्यवसायलाई आग्रह गरेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: