टोकियोमा रेलको ठक्करबाट १० बर्षिय बालकको निधन

जापान । टोकियोमा रेलको ठक्करबाट रेलको बिच लिंगमा  १० बर्षिय बालकको निधन भएको छ । टोकियोको किता कु मा अप्रिल १ तारिख रात जेआर उचुनोमिया लाइनको रेलमार्गमा घटना भएको हो । ठक्कर दिएका रेलका चालकका अनुसार ति बालक रेलको ट्र्याकमा एक्लै हिड्दै थिए, त्यसैले प्रहरीले उनको पहिचान जाँच गरिरहेको जनाएको छ ।

टोकियो महानगरिय प्रहरी विभागका अनुसार १ तारिख रात ८:३० बजेको समयमा लगभग १० वर्षको एक बालकलाई ओकु स्टेशन र किता कु आकाबाने स्टेशन बीचको रेलमार्गमा उचुनोमिया जाँदै गरेको नियमित रेलले ठक्कर दिएको थियो ।
रेलको ठक्करले गम्भिर बालकलाई नजिकैको अस्पताल लगिएको तर एक घण्टा पछि उसको मृत्यु भएको बताइएको थियो । रेल चालकले भने ‘मैले एउटा केटालाई रेलमार्गको लिगमा एक्लो हिड्दै गरेको देखे जहाँ रेल यात्रा गरिरहेको थियो । ति बालकले रातो स्वेटशर्ट, कालो जर्सीको लामो ट्राउजर्स र कालो जुत्ता लगाएको थियो ।

रेलले बालकलाई ठक्कर दिएको रेलमार्गको भाग क्रसिंगबाट करीव २०० मिटर जति भित्र रहेको छ । तर त्यहा कोहीपनि अभिभावक नभेटिएको महानगरीय प्रहरी विभागले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: