मङ्गलबार, बैशाख ०४, २०८१

एमाले प्रवास कमिटीको अध्यक्षमा बेलायत निवासी गुरुङलाई जिम्मेवारी

बेलायत । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ ।

हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र पाण्डेको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।

गुरुङ प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष हुन् भने पाण्डे अष्ट्रेलियाका अध्यक्ष हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको उपाध्यक्षबाटका बिदा भएका गुरुङ पछिल्ला वर्ष बेलायतमा बसोबास गर्छन् । गुरुङ देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराको पूर्व स्ववियु सभापति पनि हुन् । नेकपा विभाजनपछि तत्कालिन केपी ओली पक्षले गुरुङलाई बेलायतको अध्यक्ष बनाएको थियो भने पाण्डेलाई अष्ट्रेलियाको जिम्मा दिएको थियो ।

अध्यक्षको जिम्मेवारी पाएपछि गुरुङले प्रवासमा रहेका नेपालीहरुले आर्जन गरेको सिप, ज्ञान र पुँजीलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा संगठित रुपले जोड्ने बताएका छन् ।

अध्यक्ष गुरुङले ‘हाम्रो एनआरएन, शुद्ध परादर्शी, जिम्मेवार र प्रभावकारी एनआरएन’ बनाउन मद्दत गर्ने बताएका छन् ।