जापानभर बुधवार कोरोना संक्रमित ३ हजार नाघ्यो,मियागी प्रिफेक्चरमा अहिलेसम्मकै धेरै संक्रमण

टोकियो । जापानभर बुधवार कोरोना संक्रमित ३ हजार नागेको छ । मियागी प्रिफेक्चरमा अहिलेसम्मकै धेरै संक्रमित, साइतामा, तोचिगी लगायत प्रिफेक्चरमा संक्रामक भाइरसका बिरामी भेटिंदा मार्च अन्तिम दिन जापानमा करिव ३ हजार कोरोनाका बिरामी थपिएका छन् ।

खानागावा, आईची लगायत प्रिफेक्चरमा समेत छिटो कोरोना संक्रमण फैलाउने संक्रामक भाइरसबाट संक्रमित पुष्टि हुँदा ओसाकामा अत्यासलाग्दो संक्रमण देखिएको छ ।

ओसाकामा जनवरी २३ पछिकै उच्च संक्रमित भेटिने क्रममा ५९९ जना कोरोनाका बिरामी थपिएको अधिकारीहरुले बताएका छन् ।

जापानमा मार्च २१ तारिख आपतकाल हटाएपछि महिनाको अन्तिम दिन पाइएको संक्रमित संख्या सर्वाधिक हो ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार मार्च ३१ तारिख बुधवार उच्च संक्रमण पाइएका क्षेत्रमा ओसाका ५९९, टोकियो ४१४, ह्योगो २११, मियाजाकी २००, साइतामा १५२, खानागावा १३७, ओकिनावा १११, चिबा १०६, आइची प्रिफेक्चर ९९ रहेको छ । रात १० बजेसम्ममा २८ सय ४३ जना संक्रमित पुष्टि भएका छन् ।

बुधवार एकैदिन ४७ मध्ये ४६ प्रिफेक्चरमा कोरोनाका संक्रमित भेटिंदा अकिता प्रिफेक्चर मात्र अछुतो रहन पुगेको छ ।

निधन तर्फ टोकियोमा सर्वाधिक २३ जना तथा चिबा ५, होक्काइदो र आइची प्रिफेक्चरमा ३ जनाको निधन हुँदा कुल ४९ जनाले ज्यान गुमाएका छन् ।
जापानको हालसम्मको तथ्यांक अनुसार कुल संक्रमितको संख्या ४७५,८८० र ९,१८९ जनाको निधन भएको छ ।

संक्रमित मध्ये ४४५,६८३ जना निको भइसक्दा हाल उपचाररत ३८२ जनाको अवस्था गम्भिर देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: