जापानमा कर्मचारीहरुले रात्रिकालिन पार्टी गरेपछि सरकार नैतिक दबावमा

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयका २३ जना कर्मचारीले रात अबेरसम्म सामुहिक मदिरा पार्टी गरेको घटना सार्वजनिक भएपछि प्रधानमन्त्रीले नै घटनामा दुःख व्यक्त गर्दै माफी माग्नु परेको छ ।
गत हप्ता मात्र टोकियो महानगरले रात्रिकालिन व्यवसाय ९ बजेसम्म छोट्याउन अनुरोध गरिरहँदा सरकारी कर्मचारीहरुले सामुहिक रात्रिकालिन पार्टी गरेपछि सरकार नैतिक दबावमा परेको हो ।
घटना सार्वजनिक भएपछि सरकारका स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिसा तामुराले पत्रकार सम्मेलन गरेर माफी मागेका छन् । तामुराले पत्रकार सम्मेलनमा गत बुधबार मध्यरात सम्म राजधानीको गिन्जा जिल्लाको एउटा रेष्टुरेन्टमा आयोजित ठूलो बिदाई पार्टीले जनताको विश्वासलाई धोका दिएको प्रतिक्रिया दिएका छन् ।

कोभिड १९ महामारीको लागि स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी जिम्मेवारपूर्ण छ तर सरकारको त्यहि मन्त्रालयका २३ अधिकारीहरु मास्क बिना मध्यरातसम्म सामुहिक पार्टीमा गएको घटनाले लज्जित बनाएको मन्त्री तामुराले बताएका छन् । मार्च २१ तारिखमा आपतकाल हटेपछि पनि टोकियो सरकारले रेष्टुरेन्टहरू र बारहरू रात ९ बजे बन्द गर्न आग्रह गरेको छ भने यो अनुरोध अप्रिल २१ सम्मको लागि जारी गरिएको छ ।

सरकारको कोरोना भाइरस टास्क फोर्सले पनि परिवारका सदस्यहरू र सहकर्मीहरू जस्तो नजिकको सर्कलका अधिकतम चार व्यक्तिमा भोजन सीमित गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मंगलबार डाएटमा उक्त घटना बारे जानकारी गराउँदै पार्टी आयोजकहरूले गिन्जा रेस्टुरेन्टमा एउटा टेबल बुक गरेका थिए जुन ११ बजेसम्म खुला रहँदै आएको छ ।

मन्त्रालयको बृद्ध व्यक्तिहरुको स्वास्थ्य विभागको भेला साँझ ७ बजेर १५ मिनेटबाट सुरु भएको थियो । गत बुधवार डिभिजन प्रमुख लगायत करिव २३ जना सहभागीले मध्यरात सम्म मास्क बिना एकअर्कासँग पार्टीमा रमाउँदै कुराकानी गरेको अधिकारीहरुले बताएका छन् ।

मन्त्री तामुराले भने कि मन्त्रालयले यसका अधिकारीहरूसँग बेलुका रातीको खाना खाने पार्टीहरू छन् कि छैनन् भनेर जाँच्न अनुसन्धान सुरु गरेको छु र उपस्थित सबैलाई दण्डित गर्ने संकेत दिएका छन् ।

पत्रकारहरुसँग घटनाबारे प्रतिक्रिया दिंदै प्रधानमन्त्री सुगाले भने ‘म धेरै दुःखी छु र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री तामुराले यो फेरी हुन नदिनको लागि निरीक्षण र कडा कदम चालेका छन् ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: