अन्तराष्ट्रिय बागलुङ समाजले जिल्लाको विकासमा हातेमालो गर्ने

सरिता थापा, जापान । अन्तराष्ट्रिय बागलुङ समाज र बागलुङमा रहेका स्थानीय निकाय बीच समग्र बागलुङको बिकासका लागि मिलेर सहकार्य गर्दै अगाडी बढ्ने सहमती भएको छ ।
समाजले गत आइतवार आयोजना गरेको र्भचुअल माध्यममाबाट सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण र खेलकुल क्षेत्रमा सहकार्य गर्न जोड दिएका थिय ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै बाग्लुङ्ग नगरपालीकाका नगर प्रमुख जनकराज पौडेलले विदेशमा बस्ने नेपाली समाज र संस्थाहरूसँग मिलेर काम गरेर अघि बढ्न आँफु इच्छुक रहेको बताउनु भयो । बागलुङ जिल्ला प्रसस्त सम्भवना बोकेको जिल्ला रहेको बताउँदै लगानीको लागि सबैलाई आग्रह गर्दा भन्नुभयो । यदि तपाईहरू यहाँ आएर लगानी गर्नुहुन्छ भने हामी पाँच वर्षको लागि वयवसायिक कर मिनाह गर्छैं त्यस्तै पानी,बिजुली र मोटरबाटो नभएको ठाँउमा हामी त्यो पनि उपलब्ध गराउने छौं ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले जिल्लाको विकासमा हातेमाले गरेर अगाडी बढ्न सके जिल्लाको बिकासमा राम्रोसँग हुने बताउनुभयो । त्यस्तै समाजका सचिव दिपेन्द्र आचार्यले बागलुङको शिक्षामा राजनीतिकरण भएको र स्वास्थ्य क्षेत्रमा कमिशनको खेल रहेकोले यसलाई नगर पालिकाले अनुगमन गर्दै यस्तो कार्य बन्द गरेर नियम कानुन अनुसार अगाडी बढ्नु पर्ने बताउनु भयो ।

अन्तरक्रियामा समाजका अध्यक्ष एकराज गिरीले समाज र नगरपालीका बीच सहकार्य गर्न आवश्यक सहमतिपत्र तयार गरेर अघि बढ्नको लागि विषेश प्रस्ताव गर्नु भएको थियो । सो प्रस्तावलाई मेयर पौडेलले सकरात्मक भन्दै समाजलाई आवश्यक सहयोग गर्ने, कानुनी जटीलतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा विश्वभर छरिएर बसेका बाग्लुङ्गे गैरआवासीय नेपालीहरुको उपस्थिlत थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया