थकाली सेवा समिति जापानको अध्यक्षमा चौथों पटक पुन: बुद्धि गौचन

शान्तकुमार पहरी, टोकियो । जापानमा रहेको पुरानो संस्था थकाली सेवा समिति जापानको ३१ औं बार्षिक साधारण सभा तथा १५औ अधिवेशनले पुन: बुद्धि गौचनलाई चौथों पटक अध्यक्षमा निर्वाचित गरेको छ ।
मार्च २८ तारिख आइतबार सम्पन्न ३१ औं बार्षिक साधारण सभा तथा १५ औं अधिवेशनले गौचनको अध्यक्षतमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपध्यक्षमा अनिल भट्टचन, उपध्यक्षमा अनिल भट्टचन, गिरी प्रसाद शेरचन, राजकुमार शेरचनलाई चयन गरेको छ । महासचिवमा राजु शेरचन, सचिवमा हेमन्त कुमार शेरचन, सन्जिव गौचन र अमुल्य गौचनलाई चयन गरेको छ । त्यस्तै कोषध्यक्षमा अरुण भट्टचन तथा सहकोषध्यक्षमा लेलिन भट्टचन, घनश्याम भट्टचन, जिवन भट्टचन र यसोद गौचनलाई ज़िम्मेवारी प्रदान गरेको छ ।
सदस्यहरुमा कुमार शेरचन तामाची, नरेश गौचन, जितबहादुर गौचन, जयनारायण शेरचन, कुमार शेरचन, वकिल शेरचन, महेन्द्र कुमार शेरचन, खिम गौचन, अस्मिता गौचन, प्रेम शेरचन, रोविन शेरचन, नगेन्द्र गौचन र प्रमिला गौचन डंगोललाई चयन गरेको छ ।
त्यसैगरी ८ सदस्यिय सल्लाहकार समितिमा विनोद शेरचन, प्रकाश तुलाचन, सविन शेरचन, मनोज तुलाचन, जङबु भट्टचन, विजय गौचन, गोविन्द तुलाचन, बलि गौचनलाई चयन गरेको छ ।
नवनिर्वचित कार्यसमितिले समितिको संरक्षकमा पुर्व अध्यक्ष शरद कुमार गौचनलाई सर्वसम्मतले चयन गरेको छ यसैगरी जापानिज नागरीक कियोहिको मोचिजुकीलाई मानार्थ सदस्यमा चयन गरेको छ ।
कार्य समितिको महिला संयोजकमा दिना गौचन र प्रवक्तामा जित प्रसाद गौचन चयन गरेको थकाली सेवा समिति जापानका नवनिर्वचित अध्यक्ष बुद्धि गौचनले मातृसन्देश डट कमलाई जानकारी दिनुभएको छ ।
अधिवेशनको धोषण सभामा सहितको थकालीहरुको नयॉ वर्ष तोरन्लो सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: