शनिबार, असोज १५, २०७९

ल्होछारमा आमालाई परदेशबाट छोराको मार्मिक पत्र

पूजनीय आमा,
साष्टांग दण्डवत ।

-समुन्दपारी यो बिरानो शहर बाट आजसम्म कुशल रहेको अवगत गराउदै त्यहाँ तपाईलाई पनि कुशल मंगलै होला भनी आशा लिएको छु । खै आमा किन किन आज मलाई यो सानो पत्र लेख्न मन लाग्यो प्राविधिको बिकासित मूलक जापानमा बसेर फ़ेसबुक,भाईबर, मसेनज़र को प्रयोग नगरी पत्रको सहायता लिएर ऑनलाइन पत्रिका मार्फ़त यो पत्र लेख्दैछु । आमा म बसेको देशमा चाहि अझै पनि चिठी पत्र को ख़ुबै चलन चल्ती रहेछ त्यसैले पनि आज पत्र लेख्दैछु । आमा यो मेरो दोश्रो पत्र हो, पहिलो पत्र रेडियो नमोबुद्ध मार्फ़त लेखेको थिए पत्रमा मैले भोगेको बस्ताबिक भोगाईलाई प्रस्तुत गर्दा काभ्रे लगायत आसपासका ज़िल्लाका धेरै भन्दा आमाहरू मन छोयो रे अनि रुनु भयो रे भन्ने ख़बर मैले रेडियोको सहकर्मी बाट थाहा पाएँ, बास्तबमा मेरो मनसाय त्यस्तो थिएन तर सबै आमाहरुको मन पो दुख्न पुगेछ नि आमा । त्यसको लागि माफ़ी माग्न चहान्छु । आज चाहि बस्ताबिक घटनालाई प्रस्तुत गरिने छैन अनि दुःख सुखको कहानी पनि सुनाउने छैन आमा । आज चाहि सानो सन्देश सहितको यो पत्र लेख्न जादैछु । हामी तामाङहरु को महान पर्व सोनाम ल्होछार पनि आजै पो परेछ । घर घरमा नयाँ लुङदर अनि दार्ज़्यू हाल्यो होला है आमा मलाई जलजाली याद आएको छ् हाम्रो पुर्खाउली हजुर बाजे हरु डम्फूको तालमा नाचेको र फापरे गितमा रमाएको परार मात्रै त्यो माथि देउराली गाङमा ल्होछार मनाएको अहँ साच्चिकै कति रमाईलो भएको थियो है आमा । मैले यसो भनि राख्दा तापाईलाई कस्तो गार्हो भएको होला है आमा किनकी IMG_8495यसपालिको ल्होछारमा म तपाइको परदेशी छोरा नेपाल आउछु भनि तापाईलाई बचन दिएको थिए तर आमा यसपालि पनि छुट्टी मिलेन नि के गर्नु बिदेशमा आफूले भनेको जस्तो अनि सोचेको जस्तो नहुदो रहेछ आमा त्यसैले मलाईमाफ़ गरीदिनु होला यसपालि पनि आउन सकेन आमा । फेरी मैले यो कुरा पत्रमा लेखि राख्दा तपाईको मन दुख्यो होला अनि फेरी रुनु भयो होला मलाई थाहा छ आमा तपाई रुनुहुन्छ तर पनि तपाई नरूनु होला आमा, तपाई रुनु भयो भने तपाई जस्तै हजारौ आमाहरू रोएको अनि ती हजारौ आमाहरुको लाखौ छोराछोरी जो म जस्तै परदेशमा छन ती सबै जनाको मन रोएको आभास हुनेछ त्यसैले पनिआमा तपाई रुनु हुदैहुदैन । अनि छ नि आमा तपाई नरोईकन यसपालिको ल्होछार मनाउनु, घरमा लूङदर अनि दार्ज़्यू राख्नु टोल, सर्बजानिक स्थानहरू अनि गाङ गाङमा पनि लूङदर अनि दार्ज़्यू राख्न लगाउनु, सेल, रोटी,खप्सी,आलु अनि तेमे पकाएर वल्लो पल्लो घरको काका काकी ठुलोबुबा ठुलीआमा, आँखें माम सबै जनालाई जम्मा बोलाएर एकै ठाउमा ल्होछार मनाउनु अनि आजैको दिन पुरानै भए पनि तामाङ गोईलो लगाएर सबै गाउँलेहरू संगै डम्फुक़ो तालमा ल्होछार गीत गाएर थोरैभए पनि नाच्नु है आमा । यसरी मन भित्र परदेशी छोरा नआएको पीडालाई मन भित्रै लुकाएर नाच्नु भयो भने तपाई जस्तै हजारौ आमा हरू अनि तिनै आमा हरूको छोरा छोरी पनि हास्नेछ आमा म जस्तै परदेशमा ।।यो पुर्खौली चलन हाम्रो अमूल्य सम्पति हो यसैमा जोडेको रहेछ हाम्रो जन्म देखी मृत्यु सम्मको संस्कार सास्कृति । आमा म जहाँ भए पनि त्यो पुर्खाको धर्म, सस्कार सास्कृति,भेषभुसा लाई कहिले पनि भुल्ने छैन जोगाएर राख्ने छु । आमा तपाई एउटा म छोराको मात्र आमा हैन कि म जस्तै परदेशमा आफ्नो कर्म गरीरहेको लाखौ छोरा छोरीहरुको आमा बन्ने कोशिश गर्नुहोस यही कामना, हेर्नुस् न आमा पत्र त लेख्दा लेख्दै लामों पो भएछ १ लौ आमा अहिले यहाँ त बिहान पो भै भैसकेछ अहिले ६ बजे उठेर काममा जानु छ के गर्नु आमा छुट्टी छैन ।
आजलाई छुट्टिन्छु ल आमा ।अहँ कस्तो बिर्सेको मैले दिन भरी काम गर्दा गर्दै ज्यान ज़्याँ थाकेको होला, आफ्नो स्वास्थ्यको धेरै ख़्याल गर्नुहोला है आमा…… थुजेछे ।

उही तपाईको परदेशी छोरा
चसिला तामाङ
मादन कुँडारी-१, काभ्रे
हाल : जापान ।  

%d bloggers like this: