शुक्रबार, चैत १६, २०८०

बोलोचौक बिकास समितिको अनलाईन गायन प्रतियोगिता

झापा । शिवसताक्षी अनलाईन गायन प्रतियोगिता २०७७ फाईन राउन्डको भिडियोहरु सार्वजनिक भएको छ ।

घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ बोलोचौक बिकास समितिले शिवसताक्षी अनलाईन गायन प्रतियोगिता गरेको हो। बुधबार बोलोचौक बिकास समितिको अफिसियल फेसबुक पेज र डि एस नेपालको युट्युव च्यानलमा भिडियो सार्वजनिक भएको समितिका अध्यक्ष डाक्टर धम्रेन्द्र कुमार शाहले बताउनुभयो । साथै उहाँले फाइनल राउन्ड सम्म आइपुग्न सफल सम्पूर्ण सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अनलाईन गायन प्रतियोगितालाई सफल बनाउनका लागि बरत लाल शाह,बिष्णु प्र.ताजपुरिया,रमेश ताजपुरिया,बसन्त कुमार ताजपुरिया,बिनिता दुलाल र मित्र कर्माकारले प्रायोजन गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण भएको लकडाउनमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए । ईमेलमार्फत प्राप्त भएका सहभागीमध्येबाट उत्कृष्टको छनोट गरिने र उनीहरुबीचको प्रतिस्पर्धाबाट विजेता घोषित गरिने आयोजकले जनाएको छ। विजेता बन्नका लागि युट्युवमा भएको भिडियोको भ्यूअर, भ्यूयर्स समय, लाईक र डिसलाईकका आधारमा ५० %, जज राधा देबी महतरा र मानदेव ताजपुरीयाद्वारा ४०% र आयोजकद्वारा १०% को आधारमा प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो छनोट गरी पुरस्कार दिने आयोजकले जनाएको छ। चैत्र ३० गते साँझ ५ बजेसम्मको युट्युवमा भएको भिडियोको भ्यूअर, लाईकको आधारमा प्रतियोगीको उत्कृष्ट छनोटगरिने बताईएको छ ।

प्रतियोगिताका विजेतालाई एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ । पहिलो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, चाँदीको मेडल, प्रमाणपत्र र गितार, दास्रो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, २१ सय रुपैंया, चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी, तेस्रो विजेतालाई म्युजिक भिडियोमा गाउने अवसर, चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका आयोजक शाहले जानकारी दिनुभयो । त्यस्तै, अन्य सहभागीहरुलाई पनि सान्त्वना पुरस्कार दिने आयोजकले जनाएको छ ।