नेपालमा थप ११० मा कोरोना पुष्टि, १०२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११० जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३६६६ पुगेको छ ।

मंगलबार थप १०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७००६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा १५३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया