नेपालमा थप ८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३३५१ पुगेको छ ।

त्यस्तै शनिबार थप १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९७५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २०६१ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ७१ जना छन् भने आइसोलेसनमा १५३५ जना सक्रिय संक्रमित रहेका मन्त्रलायले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया