नेफिन जापानको १७औं महाधिबेशन भर्चुअल माध्यमबाट फेब्रुअरी २१ मा हुने

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको फेब्रुअरी २१ तारिख आईतवारको दिन १७औं महाधिबेशन हुने भएको छ । नेफिन जापानको संघीय परिषद् बैठकले फेब्रअरी २१ तारिख आईतवारको भर्चुअल माध्यम जुमबाट १७औं महाधिबेशन गर्ने भएको हो ।
नेफिन जापान कार्य समितिले गरेको प्रस्तावलाई परिषद् बैठकले अनुमोदन गरेको महासंघका अध्यक्ष टेक बहादुर लिम्बु जानकारी दिनुभयो ।

कोरोनाको कारण स्थगित हुँदै आएको नेफिन जापानको १७औं महाधिबेशन फेब्रुअरी २१ तारिख हुने भएको हो ।
महासंघले महाधिवेशनको लागि प्रत्येक जातिय संस्थामा आबद्द संस्थाबाट ५-५ जना प्रतिनिधि सहभागी हुनुपर्ने र २ जनाले मात्र मत दिन पाउने साथै आबद्द संस्था र क्षेत्रीय समितिबाट ३-३ जना पर्यवेक्षक सहभागी हुन पाउने नेफिन जापानका महासचिव शान्तकुमार पहरीले जनाउनु भएको छ ।

महासंघको गत बैठकले ओम गुरुङको अध्यक्षतामा हवलचन्द्र लामा,सरदकुमार गौचन रहनेगरि निर्वाचन मण्डल तोकेको छ ।

गत बैठकले महासंघको पदाधिकारीको उम्मेद्वारीको लागि निम्न शुल्क निर्धारण गरेको छ । अध्यक्ष १ जना मनोनयन शुल्क ३ मान,उपाध्यक्ष ४ जना एक महिलासहित २ मान,महासचिव १ जना १५ हजार,सचिव ३ जना एक महिलासहित १ मान,कोषाध्यक्ष १ जना १ मान,सहकोषाध्यक्ष १ जना प्रवक्ता १ जना र सदस्य ७ जना रहने ५ हजार येन तोकेको छ ।
महाधिवेशनको लागि आउने प्रतिनिधि शुल्क ५ हजार येन र पर्यवेक्षक शुल्क २ हजार येनसमेत निर्धारण गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया