नेपालमा सोमबार ४८८ कोरोना संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या ४,३७३

काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यसैगरी सोमबार थप ५२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टाम थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ ।

क्वारेन्टाइनमा २३७ जना छन् भने आइसोलेसनमा ४ हजार ३७३ जना रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया