शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा शुक्रबार ५५४ कोरोना संक्रमित थपिए,मृतकको संख्या १९०९ पुग्यो

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । त्यसैगरी शुक्रबार थप ५८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ रकेको छ भने क्वारेन्टाइनमा ३३८ जना रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् ।