तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रसाई र नन्दाबीच मंसिर २२ गते विवाह हुने

काठमाडौ । भाइरल सञ्चारकर्मी रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् ।‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लागेका हुन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच मंसिर २२ गते विवाह हुन लागेको हो । तीन बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
प्रसाईले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीत बजारमा निकै नै चर्चामा छ । समाज सेवामा आबद्ध सिंह र प्रसाईबीच धरानमा सामान्य तरिकाले विवाह हुन लागेको छ ।

प्रसाई र कल्पना दाहालले ईन्द्रेणीमा गाएको दोहोरीसँगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो । रमेशले बिबाहको प्रस्ताव राखेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया