एकैदिन पाँच हजार भन्दाबढी कोरोना संक्रमणमुक्त,१९४५ संक्रमित थपिए

नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।

शुक्रबार एकैदिन पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौं उपत्यकामा ११ सय ७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो संगै उपत्यकामा संक्रमितको संख्या एक लाख नाघेको छ । हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् ।

योसँगै देशभर हालसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएका छन् । यस्त पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।

हाल नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने क्वारेन्टाइनमा ७५३ जना छन् । यसैगरी पछिल्लोे २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकोे सङ्ख्या १२ सय ९८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया