नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार १०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

त्यसैगरी बिहीबार कोरोना संक्रमणबाट थप २ हजार ८५८ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ ।

क्वारेन्टाइनमा ७६७ जना रहेका छन् भने आइसोलेसनमा २८ हजार १०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया