हाँस्यव्यंग्य कलाकार पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’सार्वजनिक

काठमाडौँ । चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको छ । टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको गीतको भिडियो सोमबार सार्वजनिक भएको हो ।

नामको अनौठो संयोग छ ; राजुबाबु श्रेष्ठको शब्द राजनराज शिवाकोटीको सङ्गीत तथा राजन इशानको सङ्गीत संयोजन रहेको गित राजा राजेन्द्रले गाएका छन् । स्थापित सांगीतिक हस्तिहरूको साथमा राजा राजेन्द्रले आफुलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।
“पिरतीको चस्मा” गीतको भिडियोमा माइकल चन्दको निर्देशन छ । भिडियोको सम्पादन विकास दहालले गरेका छन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा जीतु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, कमेडी च्याम्पियनका सुमन कार्की, प्रभात लामालगायतकाको अभिनय रहेको छ । पिरतीको चश्मा बोलको गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया