शुक्रबार, बैशाख ०७, २०८१

वामदेवलाई मन्त्री बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने बताएको हो । सर्वोच्चको आदेशसँगै अब गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न तथा उनलाई मन्त्री बनाउन समेत बाटो खुलेको छ ।

गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरेको थियो । गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दायर भएको थियो ।