बिहिबार, बैशाख १३, २०८१

नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख ७३ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज आईतवार थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।