काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा थापामा कोरोना संक्रमण पुष्टि भएको हो । थापाले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’