शुक्रबार, बैशाख ०७, २०८१

लोक दोहोरी ‘खोला खाल्सी हे माया’ बोलको गीत बजारमा

काठमाडौं । नेपाली लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ बोलको गीत बजारमा आएको छ । काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको जुन गितमा बिक्रम जंग शाह र सिर्जु अधिकारीको स्वर रहेको छ ।

अमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको उक्त गितको म्युजिक भिडियो S3K Entertainment को Official युट्युब मार्फत सार्वजनिक भएको हो । भिडियो काभ्रे जिल्लाका रमणीय ठाउँमा गएर छायाँकन गरिएको छ । भिडियोमा कमल सौरागको एरेन्ज,सागर गौतमको छायांकन,मनोज कार्कीको सम्पादन गरेका छन । जुन गितको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।
बिक्रम जंग शाह सहित सांगीतिक क्षेत्रमा निकै नै लोकप्रियता कमाएका दर्जनौ भन्दा बढी कलाकारको अभिनय गरेका छन । जसमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ ।
भिडियो सार्वजनिक गर्ने समारोहमा सर्जक शाहले भिडियोको रोयल्टिबाट प्राप्त रकमको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन । उक्त बाल आश्रममा हाल १४ बालबालिका आश्रित छन ।
https://youtu.be/r7QwTp_6cVA