शनिबार, बैशाख ०८, २०८१

गायिका केसीको नयाँ म्युजिक भिडियो ’क्यारम् मोयालाई’ बजारमा

टोकियो । जापानलाई कर्मभूमि बनाउँदै आएकी गायिका तथा मोडल सोना केसीको नयाँ म्युजिक भिडियो ’क्यारम् मोयालाई’ बजारमा चर्चा पाएको छ ।
शिव हमालको शब्द, संगीत रहेको सो गीतमा गायिका केसीलाई स्वरमा कुलेन्द्र बिश्वकर्माले साथ दिएका छन् । गायिका केसीको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको सो गीतमा स्वयम केसी, गम्भीर बिष्ट र बिनोद जनैदारको फिचरिङ रहेको छ । मौसमी हिमालीको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा कृष्ण बिक को संगीत संयोजन रहेको छ ।
जापानमा रहेर पनि गीत र संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गायिका तथा मोडल केसीको किन हो बिर्सनी, सारा सेरोफेरो, बरिलै, बिदेश रंगियो सारीले लगायतका थुप्रै दोहोरी तथा तीजविशेष गीतका म्युजिक भिडियो बजारमा आईसकेका छन् भने हालसम्म उनले सयौं गीतहरुमा मोडल गरिसकेकी छिन् ।