बिहिबार, बैशाख ०६, २०८१

गायक जयराम खड्काको ‘हो नी रेशम’ सार्वजनिक (भिडियोसहित)

कोरना कहरका बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न नयाँ लोक दोहारी गीत सार्वजनिक भएको छ ।

गायक जयराम खड्का र गायीका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको हो ।उक्त गीतमा गायक खड्काको मिठासपुर्ण स्वर सुन्न सकिन्छ ।

भिडियोमा आयुष्मा कार्की र प्रदिप रोकाको अभिनय रहेको छ । गीतका शब्द बिदुर आपागाँईले लेखेका हुन् भने लय/संगीत संयोजन पनि खड्काको नै रहेको छ ।

गोपाल थापाको निर्देशनमा बनेको उक्त भिडियोमा विपिन क्षेत्रीको छायांकन रहेको छ । उक्त भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् । गायक खड्काले हालसम्म करिव एक दर्जनबढी गीतहरु सार्वजनिक गरी सकेका छन् ।