भारतको केरलामा भएको विमान दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलामा एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

दुबइबाट १ सय ९० यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको बोइंग ७३७ विमान शुक्रबार साँझ केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा रनवेमा चिप्लिएको हो ।

उक्त विमान दुर्घटनामा दुईजना चालक दलका दुई सदस्यसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनामा १ सय ७३ जना घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था गम्भिर रहेको भारतिय संचार माध्यमले जनाएको छ ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: