शुक्रबार, साउन १५, २०८३

सरकार र कप्तानगञ्ज घटनाका पीडित पक्षबीच सम्झौता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुदन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । सहमतिअनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ ।

साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ । सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया