आइतबार, साउन १७, २०८३

निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधनमा एमालेद्वारा शोक व्यक्त,नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो

विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन् ।
पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोहीहरूले ज्यान गुमाएको प्रति एमालेले भनेको छ, ‘विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै असम्भवलाई सम्भव बनाएर संसारलाई साहस र सङ्कल्पको पाठ सिकाउने हाम्रा सपूतहरू आज सधैँका लागि हिमालकै काखमा लीन हुनुभएको छ ।’

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको यो असामयिक र दुःखद निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको छ। यो नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुःखद अन्त्य हो।’

यसमा तपाईको प्रतिक्रिया