अमेरिकामा ५० लाख भन्दाबढीमा कोरोना संक्रमण, १ लाख ६२ हजार बढीको मृत्यु

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ९२ लाख ५७ हजार ६ सय ४९ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड २३ लाख ५७ हजार ६ सय ५४ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ७ लाख १७ हजार ६ सय ८७ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६१ लाख ८२ हजार ३ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार २ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५० लाख ३२ हजार १ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २५ लाख ७६ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ६२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २९ लाख १७ हजार ५ सय ६२ पुगेको छ भने ९८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २० लाख ४७ हजार भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २० लाख २५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४१ हजार ६ सयबढीको मृत्यु भईसकेको छ भने १३ लाख ७७ हजार ३ सय भन्दाबढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: