शुक्रबार, बैशाख ०७, २०८१

जापानमा विहिवार १,४९७ जनामा कोरोना संक्रमण,संक्रमित ४५ हजार नजिक

जापान । टोकियोमा बिहिबार एकैदिन ३६० जनासहित जापानभर १,४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार टोकियोमा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १४ हजार ६ सय ४५ जनामा पुगेको छ।
राति २४ बजेसम्म टोकियोमा बिहिबार एकैदिन ३६० जनासहित जापानभर १,४९७ जनामा कोरोना संक्रमण भएको छ । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ ।
जापानमा कोरोना संक्रमण अहिलेसम्म आन्तरिक र बाह्य गरि ४४ हजार ८५८ जना पुगेको छ ।
अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १०३४ जनाको निधन भएको छ ।