शुक्रबार, चैत १६, २०८०

विश्वमा १ करोड ८९ लाखमा कोरोना संक्रमण,७ लाख ११ हजार बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८९ लाख नाघेको छ ।

चिनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण विश्वभर १ करोड ८९ लाख ७० हजार ७ सय ९४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १ करोड २१ लाख ६० हजार ५ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट ७ लाख ११ हजार १ सय ८ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ६० लाख ९९ हजार १ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ५ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४९ लाख ७३ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २५ लाख ४० हजार १ सय बढी निको भएका छन् भने १ लाख ६१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २८ लाख ६२ हजार ७ सय ६१ पुगेको छ भने ९७ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २० लाख २० हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा १९ लाख ६३ हजार २ सयभन्दाबढी संक्रमित भएको छन् भने ४० हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख २७ हजार २ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।