नेफिन जापानले २६औं विश्व आदिवासी दिवस भर्चुगल माध्यममबाट मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानले २६औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने भएको छ ।
विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ मनाइने गरिन्छ ।
जापानमा ९ अगस्ट आईतवारका दिन २६औं विश्व आदिवासी दिवस कोरोना भाईरसको महामारीकोकारण यस पटक जुम भर्चुगल प्रविधिबाट नेफिन नेपालका केन्द्रिय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा ,विदेश विभाग प्रमुख गोविन्द छन्त्यालको विशेष आतिथ्यतामा कार्यक्रम हुने निर्णय भएको नेफिन जापानका अध्यक्ष टेक बहादुर (सुमन) लिम्वुले जानकारी दिनुभयो ।
उक्त दिन जनजाति महासंघ जापानसंग आवद्ध ११ जातिय संघसंस्थाहरुलाई तयारीमा जुट्न र समय मिलाउन हार्दिक अनुरोध समेत गरेको छ ।
उक्त दिवसको आयोजक नेफिन जापान रहनेछ भने नेफिन जापानसंग आवद्ध अन्य जातीय संघ संस्थाहरु सह-आयोजक रहनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: