विश्वभर १ करोड ७४ लाख बढीमा कोरोना संक्रमण,६ लाख ७६ हजारबढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८० हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ६६ हजार ६ सय ९५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ९ लाख ३३ हजार ७ सय १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार ४ सइ ९५ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ५८ लाख ५६ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ३ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४६ लाख ३४ हजार ९ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २२ लाख ८४ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ५५ हजार २ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २६ लाख १३ हजार ७ सय ८९ पुगेको छ भने ९१ हजार ३ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख २४ हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: