बिहिबार, बैशाख ०६, २०८१

मौलिकतामा बिकृती ल्याउनेलाई ‘कालो मोसो दलौं’ सार्वजनिक(भिडियोसहित)

अहिले देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको छ।मौलिकताहरु मासिदै गैरहेको छ,चाडपर्व हरुमा बिकृती हरु देखा परिरहेका छन।

साहित्य, कला, सस्कृती,रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन। यो सङ्गसङ्गै नेपाली गित सङ्गीत तथा लोक सङ्गीत पनि अछुतो रहन सकेको छैन।

तिजका गितहरुमा रत्यौली गाइन्छ, दशै तिहारका गितमा पर्वका मर्म भुलेर ठ्ट्यौली गाइन्छ। सुन्न नसकिने गितहरु छन्भने हेर्न नसकिने भिडियो निर्माण भैरहेका छन।

यसै बिषयलाई मध्यनजर गर्दै खबरदारी स्वरुप कलाकारहरूले ‘कालो मोसो दलौं’ नामक गितको भिडियो सार्वजानिक गरेका छन्। चर्चित गायकहरु अमृत खाती र नमराज ढुङ्गानाको शब्द रचना र चर्चित गायक तथा सङ्गीत सम्योजक कमल सौरागको सङ्गीत र सम्योजनमा तयार गरिएको गित अमृत खाती,नमराज ढुंगाना ,पुर्णकला बि.सी,उमा श्रेष्ठ र कोपिला वाइबाले स्वरबद्व गरेका छन् ।

खस भाषा बोलेर भाइरल बनेका कुल बहादुर ओलि,मनिशा राइ, भिम केसी, भिम कुसारीको अभिनय रहेको उक्त भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादनमा तयार भएको छ भने भिडियोको छायांकन बसन्त महर्जनले गर्नुरेका छन्। बाध्यबादकको रुपमा सुर्य पुर्वछाने मगर,गोपाल पहाडी,यादव श्रेष्ठ ,नेत्र श्रेष्ठ लगायतका साथीहरुले भुमिका निर्वाह गरेका छन्।