नव-गायक मदन पहरीले ल्याए लोक आधुनिक गित ‘सोल्टिनी राम्री’

रामेछाप । संगीत विषयमा अध्ययन गरेका नव-गायक मदन पहरीले लोक आधुनिक गित ‘सोल्टिनी राम्री’ रातो पछ्यौरीले बजारमा ल्याएका छन ।
गायक मदन पहरीको पहिलो कोसेली ल्याउन संगीतकार गोबिन्द लिम्बू र गायक घनश्याम पहरीले साथ दिएका छन । यस गीतको शब्द रामजन सुब्बा,एरेन्ज राजुकार्की।रेकरिस्ट मनोज साङसोङले गरेका छन ।
रामेछापको मन्थली १२ गेलुमा जन्मिएका गायक मदनले गाऊँकै स्कूलबाट माध्यमिक तहसम्म पढ़ाईसकेर राजधानी काठमाडौंको श्रीजना कलेज आर्टबाट संगीतमैं प्लस टु सकेर डिप्लोमा र संगीतको अभ्यास गरिरहेका छन ।
उक्त आधुनिक गीत पहिचान मिडिया प्रा.लिले तयार गरि रबिना यूटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया