अमेरिकामा ५ वर्षिय थापाले हात पारिन तेक्वान्दो प्रतियोगितामा दोश्रो स्थान

टेक्सास । अमेरिकाको टेक्सासमा रहेका पत्रकार सूर्य थापा र शारदा थापाकी सुपुत्री सनसाईन थापाले अन्तरास्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएकी छन् । ५ बर्ष पुरा हुन लागेकी सनसाईनले आफ्नो समुहको पहेंलो बेल्टबाट पुम्से प्रतियोगीतामा दोश्रो स्थान ओगट्न सफल भएकी छन् ।
अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा सहभागी भएर थापाले उक्त स्थान हासिल गर्न सफल भएकी हुन् ।
खेलकुदमा रुचि राख्ने सनसाईन टेक्सासमा तेक्वान्डो स्कुल जाने भए पनि कोरोना महामारी पश्चात भने ग्य्राण्डमास्टर दिवाकार महर्जनकै हलिउड स्कुलबाट अनलाईन कक्षा लिएकी छन् । बैनि सन्नीभासंगै तेक्वान्डो खेल्ने सनसाईन पनि उपलब्धी पछि निकै हर्षित भएकी छन् ।
अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा अमेरिका, नेपाल लगायत विश्वभरबाट सहभागिता जनाएका थिए । पहिलो चरणमा सबै कलर बेल्टवालाको प्रतिस्पर्धामा २०१३ देखि २०१४ का पहेंलो बेल्ट पुरुषतर्फ एरिक राना प्रथम र कृतिन महर्जन दोश्रो भएका छन् ।
पहिलो चरणमा सबै रंगका बेल्टवालाहरुले गत जुन २० सम्म अनलाइनबाट भिडियो पठाएका थिए । अन्तर्राष्ट्रिय रेफ्रीहरुले जुन २१ देखि २७ सम्म भिडियो हेरेर विजेता घोषणा गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया