काठमाडौं । गायिका सम्झना लामिछाने मगरले नयाँ तीज गीत ‘हो होनी माया’बजारमा ल्याएका छन ।
नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज गित गायक खुमराज घिमिरे र गायिका सम्झना लामिछाने मगरले‘हो होनी माया’ नेपाली मौलिक संस्कृतिको महत्व बोकेको र तिजको समयमा चेलिहरुको को पिर व्यथा,समसामयिक घटनालाई समेटेर उक्त तिज गित बजारमा ल्याएका छन ।
गायक खुमराज घिमिरेले शब्द संकलन तथा संगीत भरेको उक्त गितको भिडियो गायिका सम्झना लामिछाने मगरको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।
उक्त तिज गितमा गायिका सम्झनालाई गायक सुमन सागर जंग केसीले आवाजमा साथ दिएका छन् । कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोमा सुमन सागरको निर्देशन रहेको गितको भिडियो गोकुल अधिकारीले खिचेको भिडियोमा गायिका सम्झनासँगै सुमन सागर जंग,खुमराज घिमिरे,खड्ग बहादुर पुन,विश्वास नेपाल,विमला कार्की,सर्मिला शर्मा,तिलक कोईराला,सुरज खनाल,सुरेश क्षितीज,बास्मती केसी लगायतको अभिनय गरेका छन ।