शनिबार, बैशाख ०८, २०८१

टोकियोमा आज थप २०६ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज थप २०६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा आज जुलाई ११ तारिख दिउसो ३ बजेसम्म २०६ कोरोना संक्रमित थपिएको एनएचकेले समाचार उल्लेख गरेको छ ।
तीन दिन देखी लगातार टोकियोमा २०० बढ़ी संक्रमित थपिएका छन । हिजो २४३ र अस्ती २२४ जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ७७२१ जना संक्रमित छन ।