टोकियोको गभर्नरमा दोस्रो कार्यकालको लागि कोइके पुन: विजयी

जापान । टोकियो महानगरको गभर्नरको चुनावमा २२ जना प्रतिष्पर्धीलाई पछि पार्दै अत्यधिक मतले युरिको कोइके पुन: विजयी भएकी छन् ।
जुलाई ५ तारिख सम्पन्न निर्वाचनमा ६७ बर्षिय कोइके जापानको राजधानी समेत रहेको टोकियो महानगरको दोस्रो कार्यकालको लागि ६० प्रतिशतभन्दा बढी मतले विजयी भएकी हुन । कोईके प्रतिनिधि सभाको सदस्य बने पछि उनी २००२ मा लिबरल डेमोक्र्याटिक पार्टीमा सामेल भए, जहाँ उनले पर्यावरण मन्त्री,रक्षामन्त्री र पार्टीको अध्यक्षको रूपमा काम गरेका थिए ।
चार बर्ष अघि पहिलो महिला गभर्नर बनेकी थिईन । नयाँ कोरोनाभाइरसको मेडिकल र टेस्टिंग प्रणाली बृद्धि गर्ने र टोकियो ओलम्पिक र प्यारा ओलम्पिकलाई अर्को वर्षको लागि स्थगित गरिएको सरलीकृत गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया